Friday 11-26, 2021, 12:11 pm
Bittabazar

आज (मंगलबार) सुनको मुल्य घट्यो, हेर्नुहोस आजको बजारभाउ !

२०७८ बैशाख १४

काठमाडौं । आज साताको तेश्रो दिन मंगलबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ रहेको छ । सोमबार ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

हिजो सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १३१५ मा कारोबार भइरहेको छ ।