Monday 12-06, 2021, 10:21 pm
Bittabazar

आजबाट सबै गन्तव्यमा उडान संख्या थप गर्दै निजि एयरलाइन्सहरु

२०७८ बैशाख १३

काठमाडौं । आगामी बिहिबार (बैशाख १६) गतेबाट एक साताका लागि निषेधाज्ञा जारी गर्ने तयारी गरेसँगै निजि एयरलाइन्सहरुले विभिन्न गन्तव्यमा उडान संख्या थप गरेका छन ।

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयर , यती एयरलाइन्स ले आजैबाट सबै गन्तव्यमा उडान संख्या थप गरि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुने अपेक्षा राखेको बिज्ञप्तिमार्फत जनाएका छन । उडानका क्रममा तापक्रम चेकजाँज, फेशशिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्याण्ड सेनिटाइज गर्ने गरेको एयरलाइन्सहरुले बताएका छन ।

बुद्धले हाल विभिन्न गन्तव्यमा ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गरिरहेको छ । भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।