Saturday 12-04, 2021, 12:22 pm
Bittabazar

उपत्यकामा निषेधाज्ञा : बैक तथा बित्तिय संस्था खुला होलान त ?

२०७८ बैशाख १३

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहिबार राती १२ बजेदेखि निषेधाज्ञा हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ गते बिहिबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बिहिबारबाट पुर्णरुपमा सबै खालका यातायात बन्द हुने बताए । तर, अत्यावश्यक सेवाका केहि क्षेत्रहरु भने सुचारु रहने उनले जानकारी दिए ।

यातायात लगायत धेरै क्षेत्रमा निषेधाज्ञा लागु हुने भए पनि वित्तिय क्षेत्रलाई भने सुचारु नै राख्ने योजना रहेको उनले जानकारी दिए । उनले भने, ‘यातायात पुर्णरुपमा बन्द हुन्छ । तर, बैंक तथा वित्तिय संस्थाका कर्मचारीको हकमा भने आवगमनमा रोक लगाईने छैन ।’

निषेधाज्ञाको समयमा सरकारी सेवालाई सुचारु राख्ने तर, हरेक कार्यालयमा कर्मचारी भने आधा मात्रै उपस्थिती हुने गरि व्यवस्था मिलाउन निर्देशन निर्णय भएको समेत उनले बताए ।