मध्य भोटेकोशी जलविद्युत कम्पनीको ६० लाख कित्ता आईपीओ आउँदै



काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गर्न लागेको हो । उक्त आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ ।

स्थानीयका लागि जारी हुने शेयर खरीदका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लामा रहेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय