Saturday 11-27, 2021, 2:45 am
Bittabazar

नेप्से कारोबारमा आज सोमबार : विशाल बजार सहित यी हुन् आज सर्वाधिक कमाउने १० कम्पनी

२०७८ बैशाख १३

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार)  २ सय २० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५९ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, माछापुच्छ्र्रे बैंक डिभेञ्चर २०८५, गुडबिल फाइनान्स, एसबिएल डिभेञ्चर २०८३, एसबिएल डिभेञ्चर २०८२, सानिमा बैंक डिभेञ्चर २०८५, नेपाल इन्भेष्टमेन्ट बैेंक, लक्ष्मी इक्टिी फण्ड र एनआईसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।