Monday 11-29, 2021, 5:57 pm
Bittabazar

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

२०७८ बैशाख १३

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको हो । मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी तथा हिमाली क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० बढी संक्रमित भएमा स्थानीय प्रशासनले निषेधाज्ञा तथा लकडाउन गर्न सक्नेगरी निर्णय गरेको थियो ।
उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमित ५०० माथि रहेका छन् भने कोरोना संक्रमण दर ह्वात्तै बढेको छ ।