निषेधाज्ञा भएपनि सेयर बजार बन्द नहुने संकेत



काठमाण्डौ । यसपटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।

अनलाइन मार्फत घरबाटै सेयर कारोबार गरिने भएकाले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय