Monday 11-29, 2021, 9:14 pm
Bittabazar

एनएमबि बैंकको कन्ट्याक्टलेस कार्ड: संयुक्त यातायात सहित राजधानीका २० वटा बसमा भाडा तिर्न मिल्ने

२०७८ बैशाख १२

काठमाण्डौ। एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नका लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ। घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाका साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेसनलसँग सहकार्य गर्ने गरी समझदारी गरेको छ। उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको सहरहरुमा प्रयोग भइरहेको पाइन्छ। हालको प्रतिकूल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुुभारम्भ गरेको हो। हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे र अरु विभिन्न बस व्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको छ।