Sunday 11-28, 2021, 5:00 pm
Bittabazar

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी,नामको समेत टुङ्गो, बैंकको पुँजी कोष ४६ अर्ब

२०७८ बैशाख १२

काठमाडौं । नेपालका ठूलामध्येका दुई वाणिज्य बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बीचको मर्जर (गाभिने) प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यी दुई बैंकबीच मंगलबार एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।

सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदनअनुसार इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयनको १०२ रुपैयाँ ५० पैसा मूल्य तय गरेको छ। स्वाप रेसियो १ अनुपात १ रहने गरी दुवै बैंक मर्जरमा जान लागेका हुन्। यी दुई बैंकको मर्जरपछि भने नाम हिमालयन इन्भेष्टमेन्ट बैंक रहने सहमति भएको श्रोतले जानकारी दिएको छ।

हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रहेको छ। यी दुवै बैंक १ अनुपात १ को स्वापमा मर्जरमा गएमा २४ अर्ब ९२ करोड पुग्ने देखिएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी कोष २८ अर्ब १२ करोड ५१ लाख ७२ हजार र हिमालयन बैंकको १७ अर्ब ९५ करोड ६६ लाख ७७ हजार रहेको छ।

यसअनुसार बैंकको पुँजी कोष ४६ अर्ब पुग्ने देखिएको हो।