यी हुन् आज नेप्से बजारमा सर्वाधिक कारोबार भएका कम्पनी



काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचक ७५ दशमलव ७९ अंकले घट्दा ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा रोकिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका दुई कम्पनी बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ ।आज सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ज्योति लाइफको ३३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज अपर तामाकोशीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २० करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएकको छ । एनआइसी एशिया बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय