Monday 12-06, 2021, 2:31 am
Bittabazar

आज (आइतबार) शेयर बजारमा पहिरो, बिशाल बजार र महिला लघुवित्त शेयरमूल्यमा उच्च बृद्धि

२०७८ बैशाख १२

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राताम्मे भएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा रोकिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई कम्पनी बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ ।

त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् । आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।