Monday 11-29, 2021, 7:51 am
Bittabazar

स्थानिय तहले बेरोजगार व्यक्तिको विवरण पठाउने समयसीमा थप (पत्रसहित)

२०७८ बैशाख ११

काठमाडौं । सरकारले सबै स्थानिय तहहरुलाई आगामी आर्थिक वर्ष २०७८/०७९ मा बेरोजगार व्यक्तिको विवरण पठाउने समयसीमा बैशाख १५ सम्म थप गरेको छ । स्थानीय तहले म्याद थप गर्न आग्रह गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलयले बैशाख १५ गतेसम्मकाे समयसीमा थप गरेको हो ।

आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा खटिने बेरोजगार व्यक्तिको सूचिकरण २०७७ चैत मसान्तसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली अर्थात (इएमआइएस)मा प्रविष्ट गर्ने व्यवस्था रहेको थियो ।