Thursday 11-25, 2021, 2:00 pm
Bittabazar

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

२०७८ बैशाख ११

काठमाडौँ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता (एमओयू)मा हस्ताक्षर हुने भएको छ। शुक्रबार दुबै बैंकको मर्जर कमिटीको बैठकले आउने साता एमओयूमा हस्ताक्षर गर्ने विषयमा छलफल गरेको हो । वैशाख १४ गते मंगलबार नै मर्जसम्बन्धी सम्झौता हुने जनाइएको छ। मर्जर कमिटीको बैठकपछि हिमालयन बैंकको बोर्ड बैठकले मर्ज सम्बन्धी निर्णय पारित गर्नेछ।

मर्जपछिको हिमालयन इन्भेष्टमेन्ट बैंक सबभन्दा ठूलो हुनेछ।