Tuesday 11-23, 2021, 2:45 pm
Bittabazar

पुरानो लाभांश लिन जान हिमालयन डिष्टिलरीले जारी गर्यो ३० दिने सुचना

२०७८ बैशाख ११

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो दुई आर्थिक वर्ष २०७०/७१ र ७१/७२ को मुनाफाबाट वितरण गरिएको नगद लाभांश बुझ्न बाँकी सदस्यहरुलाई आगामी ३० दिनभित्र बुझिलिन अनुरोध गरेको छ ।

कम्पनीले यस अघि पनि गत माघ १६ गते उक्त नगद लाभांश बुझि लिनका लागि सुचना जारी गरको थियो । सो सुचना अनुसार केही शेयरधनीहरुले नगद लाभांश बुझेपनि अझै बाँकी रहेकाले फेरी पनि सुचना जारी गरिएको कम्पनीको भनाई छ ।

आगामी ३० दिन भित्र जावलाखेल स्थित कम्पनीको कार्यालयमा सम्पर्क गरी नगद लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको छ । तोकिएको अवधिभित्र नगद लाभांश वापतको रकम नबुझेमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।