Sunday 11-28, 2021, 10:20 pm
Bittabazar

धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था

२०७८ बैशाख ११

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदीपूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवारलाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन् । शनिबार धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने रोजगारीमा मृतकका परिवारलाई प्राथमिकता दिने बताएका हुन् ।

उनले परिवारका एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने घोषणा गरे । उनले धरहरामा क्षेत्रमा काम नपाउनेलाई अर्को क्षेत्रमा पहल गरिने पनि बताए । धरहरामा बन्दै गरेको बगैँचा, पार्किङ लगायतमा कामदार आवश्यक पर्ने र त्यसमा पीडित परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिइने प्रधानमन्त्रीले घोषणा गरेका हुन् ।