Tuesday 11-30, 2021, 5:53 pm
Bittabazar

आईएमई ग्रुप ईकमर्स व्यवसायमा प्रवेश, सस्तो डिलसँग लगानी कति ?

२०७८ बैशाख १०

काठमाडौं । नेपालको एक ठूलो व्यवसायिक समूह आईएमई ग्रुप ईकमर्स व्यवसायमा प्रवेश गरेको छ । अनलाइन शपिङ प्लेटफर्म सस्तो डिलमा लगानी गर्दै ग्रुपले अनलाइन शपिङको क्षेत्रमा हात हालेको हो । सस्तो डिलको फण्ड राइजिङ कार्यक्रम अन्तर्गत कम्पनीले आईएमई ग्रुपबाट लगानी भित्र्याएको जनाइएको छ ।

सस्तो डिलका संस्थापक आमुल थापाले नेपालको प्रतिष्ठित व्यवसायिक घरना आईएमई ग्रुप र सस्तो डिलमा जोडिएको जानकारी दिए ।

ग्रुपले कति लगानी गरेको हो भन्ने विषयमा भने स्पष्ट जानकारी बाहिर आएको छैन ।