नेशनल माइक्रोफाइनान्सको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर बैंशाख १३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।

यो शेयरको मूल्य प्रतिकित्ता १ हजार २०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जेठ १६ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय