काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट सजग हुने बीमा समितिले आग्रह गरेको छ । समितिले बिहीबार एक परिपत्र जारी गर्दै विभिन्न बीमा कम्पनीहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
समितिले गरेको परिपत्रमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न भौतिक दुरी कायम गरी भिडभाड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्ने वातावरण मिलाउन, माक्स, साबुन, पानी, सेनिटाइजरको अनिवार्य रुपमा व्यवस्था गर्ने, सेवाग्राहीले सेवा लिन आउँदा ज्वरो मापन गर्ने व्यवस्था मिलाउन साथै सबै आवश्यक सुरक्षाका अन्य सबै उपाय अबलम्वन गर्न आग्रह गरेको छ ।
यस्तै कम्पनीहरुले दिने सेवाहरुलाई यथासक्य विद्युतीय माध्यमका व्यवस्था गराउन,बीमकहरुबाट संचालन गरिने बैठक, अधिकर्ता तालिम, सेमिनार जस्ता कार्यक्रमहरु भैतिक दुरी कायम गरी अत्यावश्यक सम्पर्क गर्नु पर्ने अवस्था बाहेक अन्य समयमा विद्युतीय माध्यम/भचुर्अल माध्यमबाट संचालन गर्न आग्रह गरेको हो ।
हेर्नहोस, बीमा समितिले जारि गरेको सुचना !