काठमाडौं । एन. आई. सी. एशिया क्यापिटलले उपत्यका बाहिरका ग्राहकलाई घरमै बसेर अनलाइनबाट नै डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरेको छ। अनलाईनबाट आवेदन सबमिट गरेको १ घण्टा भित्र नै डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जनाएको हो ।
क्यापिटलको वेवसाईटमा गएर २०७८ साल असार मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने भएको हो । अनलाइन मार्फत डिम्याट खाता खोल्नको क्यापिटलको वेभसाइट वा सोझै https://onlinedemat.nicasiacapital.com/ मा क्लिक गरि रितपुर्वक विवरण भरी सवमिट गर्नु पर्ने क्यापिटलले जनाएको छ ।
यो सुविधा आइतबार देखि बिहीबार ४ बजेसम्म र शुक्रबार १ बजेसम्म उपलब्ध हुने क्यापिटलले जनाएको छ।