Tuesday 11-23, 2021, 2:50 pm
Bittabazar

आजको नेप्से बजार : १५.८० अंकले बढ्यो,६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

२०७८ बैशाख ९

काठमाडौं । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)  दोहोरो अंकले बढेको छ ।  बुधबार नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा रोकिएको थियो । आज नेप्से १५.८० अंकले बढेर दुई हजार छ सय ४८ दशमलब १ विन्दुमा पुगेको छ भने ५ अर्ब ९१ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

आज बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, ज्याती लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल के्रडिट एण्ड कमर्श बैंक गरी ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएकाे थियो ।