Tuesday 11-30, 2021, 6:02 pm
Bittabazar

सात लाख कित्ता बढीको शेयर नेप्सेमा सुचिकृत

२०७८ बैशाख ८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ वटा कम्पनीको ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । छ्याङदी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर र नारायणी डेभलपमेन्ट बैंकले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर गरि कुल ७ लाख ९७ हजार ९ सय १९ कित्ता शेयर सुचिकृत भएको हो ।

आज छ्याङदी हाइड्रोको ५ प्रतिशतले हुन आउने १ लाख ४१ हजार ७ सय ५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेन्ट बैंकको १ सय प्रतिशतले हुन आउने ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।