Thursday 12-02, 2021, 6:01 pm
Bittabazar

विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा

२०७८ बैशाख ८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रोक्का गरेको विशाल बजार कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको कारोबार गत माघ १८ देखि रोक्का गरिएकोमा आज वैशाख ८ देखि लागु हुने गरि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

पत्राचार गर्दा समेत कम्पनीले लेखापरीक्षण भएको विवरण, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरण पेश नगरेपछि नेप्सेले कारोबार रोक्का गरेको गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष ७३/७४ देखि ७६/७७ सम्मको लेखापरीक्षण हुन् बाँकि वित्तीय विवरण र आर्थिक वर्ष ७७/७८ को पुस मसान्तसम्मको विवरण तथा अन्य त्रैमासिक तथा अर्थवार्षिक विवरण कम्पनी लग इन प्रयोग गरि नेप्सेको वेबसाइटमा अपलोड गरेको नेप्सेले जनाएको छ।

नेप्सेले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावली अक्षरस पालना गर्नको लागि कम्पनीलाई सचेत गराएको छ ।