Wednesday 11-24, 2021, 9:30 pm
Bittabazar

आज (बुधबार) नेप्सेमा यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कसको कति ?

२०७८ बैशाख ८

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार)  दिनभरिमा २ सय १४ वटा कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँको शेयर करोबार भएको छ। आज (बुधबार) नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा रोकिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राका को २५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमाल दोलखा हाईड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपी पावर, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अपर तामाकोशी, एनआईसी एशिया बैंक र अरुण काबेलीको सार्वधिक कारोबार भएको छ।