काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा रोकिएको हाे ।
आज (बुधबार) नेप्से ३२.४१ अंकले घटेर दुई हजार छ सय ३२ दशमलब २० विन्दुमा रोकिएको छ भने ५ अर्ब ७७ करोड २२ लाख बराबरको कारोबार भएको छ । आज चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पोजेटिभ सर्किट लाग्नेमा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तिय संस्था, हिमाल दोलखा हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक कम्पनी रहेका छन् ।