Wednesday 11-24, 2021, 8:15 pm
Bittabazar

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडकाे सेवाहरुमा १० प्रतिशत छुट

२०७८ बैशाख ७

काठमाडौं । कुमारी बैंक लिमिटेड र जावलाखेलको ल्यान्डमार्क फुड बीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता पछि बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।