Friday 12-03, 2021, 11:57 pm
Bittabazar

अजोड इन्स्योरेन्सको सञ्चालक समितिमा पौडेल र सुवेदी र्निविरोध निर्वाचित

२०७८ बैशाख ७

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक निर्वाचित गरेको छ। सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पदमा पानु दत्त पौडेल र सृजना सुवेदी र्निविरोध निर्वाचित भएका हुन ।

कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । अजोड ईन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा मंगलबार सम्पन्न गरेको छ । आज मंगलबार अजोड ईन्स्योरेन्स लिमिटेडले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

लिमिटेडले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।