Tuesday 11-30, 2021, 5:25 pm
Bittabazar

झोलुंगे पुल ओहोरदोहोर बापत २० रुपैंया कर उठाउँदै नगरपालिका !

२०७८ बैशाख ७

बाग्लुङ । संघीय सरकार द्वारा निर्मित बाग्लुंग पर्वत जोड्ने बांगेचौर अदुवाबारी झोलुंगे पुलमा तरेबापत २० रुपैया कर तिर्नुपर्ने भएको छ । बाग्लुङ नगरपालिकाले प्रति ब्यक्ति रू २० रूपैया कर लिने गैरकानुनी निर्णय गरेपछि स्थानियहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन ।

अब देखि पुल मार्फत ओहोरदोहोर गर्नेले प्रति व्यक्ति २० रुपैया कर बुझाउनु पर्ने हुन्छ । आफ्नै श्रोत र साधनले धनि बाग्लुङ जिल्ला अब पुल तरे बापत जनतासंग कर असुली गरिरहेको छ ।