Tuesday 11-23, 2021, 7:49 am
Bittabazar

साधना लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

२०७८ बैशाख ७

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा मंगलबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

नेप्सेमा साधना लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

यो लघुवित्तले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। उक्त लघुवित्त कम्पनी ऐन २०६३ अन्तर्गत २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई ०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा संचालनमा आएको थियो ।