Tuesday 11-30, 2021, 10:31 am
Bittabazar

विगमार्टमा खाद्य विभागको छापा, डाबर नेपालका उत्पादनहरू गुणस्तरहिन भेटिए

२०७८ बैशाख ७

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गरेका जुसहरु गुणस्तरहिन भएको जनगुनासो बढेपछि खाद्य तथा गुण नियन्त्रण विभागले अनामनगरस्थित विगमार्टमा छापा मारेको छ । छापा हान्ने क्रममा विभागले डाबर नेपालका उत्पादनहरु गुणस्तरहिन भेटिएपछि जफत समेत गरेको छ ।

डाबरले रियल जुस, च्यवनप्रास, टुथपेष्ट, अमला हेयर आयल, हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ। यसअघि कोरोना महामारिका बेला समेत डाबरले गुणस्तरहिन सेनिटाइजर बिक्री गरेको थियो ।

डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले त्यतिबेलै उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

विभागले बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गर्दा गुणस्तरहित भेटिएको जनाएको थियो । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।