तपाईंसँग कतारी रियाल नोटहरू छन् ? वैशाख २७ भित्र राष्ट्रबैंकले गर्यो सटही गर्न आग्रह (सुचना सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारी रियाल बैंक नोटहरु भए साट्नका लागि अनुरोध गरेको छ । बैंकको केन्द्रीय कार्यालयस्थित विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु वैशाख २७ भित्रै साट्न राष्ट्र बैंकले आग्रह गरेको हो।

कतारको केन्द्रीय बैंकले आगामी जुलाई १ पछि यी नोटहरु चलनचल्तीबाट हटाउन लागेको भन्दै आफूसँग भएका नोटहरु साट्न राष्ट्र बैंकले सुचना जारी गरेको हो ।

उक्त मितिपछि ती नोटहरु सटही गर्न राष्ट्र बैंकलगायत इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेन्जर बाध्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

हेर्नुहोस सुचना

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय