Tuesday 11-23, 2021, 10:05 am
Bittabazar

महिला लघुवित्तको शेयरमा आकर्षण बढ्दो , मंगलबार शेयर मूल्य १० प्रतिशतले बढ्यो

२०७८ बैशाख ७

काठमाडौं । आज (मंगलवार) महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबारको साढे १ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १४६ रुपैयाँले बढेर १ हजार ६०६ रुपैयाँ पुगेको हो ।

यो अवधिसम्म २ लाख ११ हजार ७३६ कित्ता शेयर खरिद माग हुदाँ विक्रीकर्ता भने देखिएका छैनन् ।