काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मुल्य भने केहि दिन देखि स्थिर छ । चाँदी आज पनि प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ