Tuesday 11-30, 2021, 4:22 am
Bittabazar

आज (सोमबार) देखि हवाई भाडा बढ्यो, कहाँ कति ?

२०७८ बैशाख ६

काठमाडौं । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेपछि वायुसेवा सञ्चालकले हवाई भाडा बढाउने निर्णय गरेका छन् । आज (सोमबार) रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । बढेको भाडालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत गरेको छ ।

जसअनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ ।

नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ । काठमाडौंबाट पोखरा उड्दा ३५ रुपैयाँ र भैरहवाका लागि ४५ रुपैयाँ बढी पर्नेछ । विराटनगरका लागि ५० रुपैयाँ भाडा बढी एवम पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ बढेको हो । ।