Monday 12-06, 2021, 3:54 am
Bittabazar

कोरोना कहर : होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने

२०७८ बैशाख ६

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ मा यस्तो रोक लगाएको छ। आदेशमा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख गरेको छ। विवाह, व्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने जनाएको छ।

त्यस्तै बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिइसकेको छ।