चन्द्रागिरि हिल्सकाे शेयर मूल्यमा भारी गिरावट



काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चन्द्रागिरि हिल्स कम्पनीको शेयर मूल्य भने सर्वाधिक ९.१७ प्रतिशतले घटेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्टमा कम्पनीको अधिकांश वित्तीय सूचक खराब देखिएपछि कम्पनीको शेयर मूल्य घटेको हो । प्रतिकित्ता २२१ रुपैयाँले घटेर कम्पनीको शेयरमूल्य २ हजार १८८ रुपैयाँमा झरेको हो ।

केही दिनअघिसम्म शेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको मा अहिले १६ करोडले बढेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय