Tuesday 11-30, 2021, 4:22 am
Bittabazar

आज (सोमबार) नेप्सेमा भारी अंकको गिरावट, ६ अर्ब ७५ करोडको कारोबार

२०७८ बैशाख ६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको थियो ।

आज नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको छ भने ६ अर्ब ७५ करोड ९४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूह बाहेक अन्यसबै समूह बढेका छन् । त्यस्तै, आज दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।