Monday 12-06, 2021, 5:45 pm
Bittabazar

एनआईसी एशिया बैंक : मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ को सुरुवात

२०७८ बैशाख ६

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मोबाईल बैंक)मा सहज डिजिटल कारोबारको अलवा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टोमर केयर’ को सुरुवात गरेको छ ।

आफ्ना ग्राहकको समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले ‘एनआईसी एसिया मो. बैंकिङ’ मार्फत यस नवीन कार्यको थालनी गरेको हो। ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टमर केयरबाट डिजिटल बैंकिङ प्रवर्द्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ।

बैंकको (एनआईसी एसिया मोबाईल बैंक)एप भित्र रहेको यस ‘कस्टोमर केयर’ आइकनमा ट्याप गरेपश्चात् च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, ईमेल सुविधा रहेका छन् ।