Monday 12-06, 2021, 3:21 am
Bittabazar

डिशहोम र प्रभु टिभी मर्ज हुँदै,कहिले आउला त डिशहोमको आईपिओ ?

२०७८ बैशाख ६

काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोम र प्रभु टिभी एक आपसमा मर्ज हुने भएका छन् । स्याटलाइट प्रविधिमा आधारित डिशहोम र ओटीटी प्रविधिमा आधारित प्रभु टिभी एक भएर सेवा दिने तयारी गरेका हुन् ।

डिसमिडिया नेटवर्क लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

मर्जमा जाने भएपछि आईपीओ निष्कासन रोकिने संभावना रहेकाे छ । डिशहोममा आईएमई ग्रुप, चिनियाँ व्यवसायी, सुदीप आचार्य समूह र प्रभु ग्रुपको पनि लगानी रहेको छ ।

डिशहोमको अध्यक्ष देवीप्रकाश भट्टचनले आफ्नो केही सेयर आईएमई गु्रपलाई बिक्री गरेर ३ वर्षअघि प्रभु टिभी सुरु गरेका थिए ।
ओटीटी प्रविधिमा सुरु भएको प्रभु टिभीले पछिल्लो पटक इन्टरनेटमा पनि सेवा दिन थालेको छ । डिशहोमले पनि टिभी र इन्टरनेटमै सेवा दिइरहेको छ ।