Monday 12-06, 2021, 1:27 am
Bittabazar

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा ५ लाखसम्म छुट

२०७८ बैशाख ६

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङले ग्राहकलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, ३ वर्ष निःशुल्क सर्भिसिङ र ११ हजार रुपैयाँबराबरको निःशुल्क एसेसोरिजजस्ता अफरहरु पनि प्रदान गर्नेछ।

यो अफर वैशाख १ गतेदेखि वैशाख ३१ गते सम्ममात्र हुने कम्पनीले जनाएको छ।