Tuesday 12-07, 2021, 3:17 am
Bittabazar

शेयरमा चलखेल : जनरल इन्स्यारेन्सका सञ्चालक कारबाहीमा

२०७८ बैशाख ५

काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाल जथाभावी शेयर किनेको भन्दै कारबाहीमा परेका छन् । बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक अग्रवाललाई पदबाट निलम्वन गरी अनुसन्धान सुरु गरेको हो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सञ्चालक भएर पनि निर्देशिका विपरित सेयर कारोबार गरेको पाइएपछि कारबाही गरिएको बताए ।

बिमकको लगानी निर्देशिकाको विभिन्न दफाहरु उलंघन भएको समितिले जनाएको छ । उनले सिभिल बैंक र गोर्खा फाइनान्समा आफ्नै संस्थापक शेयरधनी रहे पनि दोस्रो बजारबाट शेयर खरिद गरेको पाइएको समितिले जनाएको छ।

अग्रवालले भने आफूलाई गलत नियतले फसाउन खोजेको बताए । केहि दिन अघिमात्रै सञ्चालक पदबाट राजीनामा दिन आफूलाई दवाव आएको र नदिए फसाउने चेतावनी आएको समेत उनले दावी गरे ।