Tuesday 11-23, 2021, 9:39 am
Bittabazar

आईतबार नेप्से भारी अंकले गिरावट,चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि

२०७८ बैशाख ५

काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी अंकको गिरावट आएको छ । आज नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ । आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् । जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।