Monday 11-29, 2021, 3:38 am
Bittabazar

आइतबार नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत, कुन कम्पनीको कति ?

२०७८ बैशाख ५

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको शेयर सूचीकृत भएका छन ।  नेप्सेमा गरिमा विकास बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट र साना किसान लघुवित्त वित्तिय संस्था शेयर सूचीकृत भएका हुन।

गरिमा विकास बैंक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १३.५० प्रतिशत बोनस शेयर बापत ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो ।

 

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इनभेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको एक करोड ८८ लाख ८३ हजार ७५० दशमलव कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

 

सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८२.८४ प्रतिशत हकप्रद शेयर बापत एक करोड ३५ लाख ९२ हजार ६९२ दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो ।

 

साना किसान लघुवित्त वित्तिय संस्था
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार साना किसान लघुवित्त वित्तिय संस्थाको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा उक्त संस्थाको हकप्रद शेयर बापत २५ लाख ५७३ दशमलव ५६४२ कित्ता शेयर सूचीकृत भएको हो ।