Monday 12-06, 2021, 11:04 am
Bittabazar

चालु वर्षको तेस्रो त्रैमासिकसम्म अजोड इन्स्योरेन्सले गर्यो एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन

२०७८ बैशाख ४

काठमाडौं । अजोड इन्स्योरेन्सले नौ महिनामा एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको छ । सामाजिक सञ्जालमार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म एक अर्ब रुपियाँभन्दा बढि बीमाशुल्क आर्जन गरेको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ । हाल कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरू छन् ।