ई-सेवाले माग्यो घर मै बसेर काम गर्न मिल्ने २६५ कर्मचारी



काठमाण्डौ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको छ ।

कम्पनीले देशका विभिन्न १७ शहरको लागि कर्मचारी माग गरेको हो । जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०. बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले यी पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।
एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन कम्पनीले इच्छुक योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा मेल गर्नको लागि आग्रह गरेको हाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय