Tuesday 11-30, 2021, 10:32 am
Bittabazar

सिभिल बैंकका सिईओले गुरुङले दिए राजीनामा

२०७८ बैशाख ३

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । बैंक स्रोतका अनुसार बैंशाख १७ गतेदेखि लागू हुनेगरि बुझाएको राजीनामा बैंकको केहि दिनभित्र नै बस्ने सञ्चालक समितिले स्वीकृुत गर्ने छ ।

४ वर्षका लागि नियुक्त भएका गुरुङले विदेशको बैंकमा काम गर्ने अवसर पाउनु भएकाले राजीनामा दिनुभएको सुनिएको स्रोतले बतायो । स्रोतका अनुसार म्यानमारको कुनै बैंकको प्रमुख कार्यकारी अधिकृत भएर जाने समेत बताएको छ । गुरुङले नेपालमा हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गर्दै सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।