Monday 12-06, 2021, 11:26 am
Bittabazar

कसैसँग टासिन जाने भए यत्रो दुःख किन गथ्यौं र ! -डा. सुमित्रा, सिईओ, महिला सहयात्रा लघुवित्त

२०७५ आश्विन २३

डा. सुमित्रा मानन्धर गुरुङ,
सिईओ, महिला सहयात्रा लघुवित्त विकास बैंक लि.

अधिकांशको लागि यो उमेर जिन्दगीको रिटायर्ड लाइफ हो । सरकारले पनि ५८ बर्षपछी त अनिवार्य अवकाश नै दिन्छ । तर ६४ वर्षीय डा सुमित्रा मानन्धर गुरुङका लागि झन धेरै गर्ने समय आइरहेको छ । डा. गुरुङ लघुवित्त क्षेत्रमा चर्चीत पात्र हुन । उनी महिला भएको र यस क्षेत्रमा लागेको कारणले हैन की उनको अध्ययन, लगन र कार्यशैलीले उनलाई सफल र चर्चित बनाएको हो ।
‘महिलाका निम्ती महिलै’ भन्ने नाराका साथ २०६९ सालमा उनकै पहलमा महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाको स्थापना भयो । ‘पिछडिर्एको महिलाको उत्थानका निम्ती सो सस्था स्थापना भएको बताउने डा. गुरुङले जीवनको अधिकांश समय महिला र सामुदायीक विकासकै लागि अर्पेकी छिन ।
मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा सुमित्राकै पहलमा खुलेको हो । १ सय जना महिलाहरुको भेला गराएर उनीहरुलाई नै प्रमोटर बनाइ उनकै अगाुवाईमा लघुवित्त सस्था खोलिएको थियो । सुमित्रा देशको अधिकांस दुर्गम ठाउँमा सेवा दिईरहेको सो लघुवित्तको सिईओ छिन । प्लान इन्टरनेसनल नेपाल नामक आइएनजिओ, एशियाली विकास बैंकको कल्सल्टेन्ट, महिला सहकारीको एक्जुकेटिभ अध्यक्षलगायत विभिन्न संघ संस्थामा आवद्ध सुमित्रा शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सन्जाल (संकल्प)को अध्यक्ष र समता फाउन्डेसन नामक सस्थामा पनि आवद्ध छिन । यो साता प्रस्तुत छ, महिला सहयात्राको गतिविधी र भावी योजनाबारे सेयर बजारले गरेको कुराकानीको सारअंश ः–
महिला सहयात्रा किन यति सानो स्केलमा चलिरहेको छ ः
सानो भनेको कसलाई कोसँग दाज्ने रु छिमेक वा निर्धनसँग कि त्यै बेला आएको उस्तैसँग दाज्ने ? यो महिला सहयात्रा खुलेको पनि धेरै भएमो छैन र आफ्नै परिवेस लिएर खुलेको हो । १ सय जना महिलाहरु मात्रै मिलेर महिलाको लागि भनेर खोलिएको हो यो ।
लघुवित्तले हेर्ने भनेको सबै महिलाहरुलाई मात्र हो तर त्यसको बोर्डमा सिईओमा कोही पनि महिला छैनन् । महिलाका लागी महिलाहरुले नै गर्नुप¥यो भनेर हामीले खोलेका हौं । महिलाहरुको पनि क्षमता छ भन्ने देखाउन खोलेका हौं । नेपालको पहाडीभेगमा ४ प्रतिसतले मात्र लघुवित्तको सुविधा पाएको पाइयो । हाम्रो सरोकार भनेको त महिलाहरु हो । म द्वन्द्वको बेलामा पनि धेरै ठाउँ घुमेको थिएँ । द्वन्द्वमा पनि महिला भाग्न मिलेन गाइबस्तु हेर्नुपर्ने, बच्चाहरु हुर्काउनुपर्ने हुनाले पुरुष जसरी हिड्न त पाएन । त्यसकारणले महिलाहरु जहाँ जहाँ छन त्याँहा सेवा नपु¥याई हुँदै हुँदैन भनेर पुरुषको भर नपर्ने आफ्नो लागी महिला आफैले गर्ने भनेर खोलेको संस्था हो । पहाडी भेगमा यसको पहुँच साह्रै कम भयो भनेर हामीले पहाडी भेगमै सेवा दिनको लागी खोलेका हौं । हाम्रो २५ ओटा साखामध्यै ४ ओटा साखाचाँही ५ सय फिट भन्दा तल छ । २१ ऋोटा साखाचाँही १५ सय देखी ७ हजार ५ सय फिटसम्म छ । त्यस्तो पहाडी भेगमा वित्तिय पहुँच पुग्न कत्तिको सहिलो छ ? त्यसैबाट थाहा हुन्छ हामी सानो कि ठुलो भनेर ।
पुँजी सानो छ विजनेश पनि सानै छ, खासमा बढाउनको लागि समस्याचाँही के हो ?
हामीले सुरु गरेको चाँही १० करोडमा हो । यसमा ५० प्रतिसत महिलाहरुले नै राख्यौं । जसका लागि सय जना महिला प्रमोटर छानियौं र ५ करोड जम्मा ग¥यौं । अरु प्राइम बैंक, सिभिल र नविल बैंक तथा तत्कालिन काठमाडौं फाइनान्स (हाल गोर्खाज फाइनान्स)को समेत प्रबद्र्धनमा महिला सहयात्रा लघुवित्त बिकास बैंक स्थापना भएको हो । हामीले सुरु गर्दा ११ करोडबाट सुरु गरेको त्यो बेला यो पुँजी ठिकठिकै थियो । त्यो बेला अहिलेजस्तो छ्याल व्याल माइक्रोफाइनान्स सस्था पनि थिएन ।
हाम्रो हेड अफिस त चित्लाङ हो । त्यहा नै हाम्रो ५ ओटा साखा छ । गाउँ गाउँमा गएर समुह बनाएर पैसा लगानी गर्नुपर्छ भन्दा जागिर खाना आउने ५० प्रतिसत त पहाडी बाटोको अवस्था र दुःख देखेर भाग्छ । साधारणतय हाम्रा स्टाफहरु दिनको ४ देखी ७ घण्टा हिड्छन । हिड्न मन भए पनि कतिजना त हिड्नै सक्दैनन् । स्टाफलाई जिरोबाट सिकाउनुपर्ने अनि स्टाफहरु नटिक्ने समस्या छ ।
यस्तो कन्सेप्टमा खुलेको सस्था टोटल नाफामुखी त हुन सक्दैन । नाफा धेरै आउँदैन तर स्थानिय स्तरमा जनतालाई सेवा दिने काम गरेका छौं । बैंक जस्तो ३० प्रतिसत ४० प्रतिसत डिभिडेन्ट लिनेचाँही हुँदैन । नाफाभन्दा पनि सेवामुलक कुरामा सहमत हुने महिलाहरुमात्र भाग लिन आउने भनेर सय जना महिलाहरु समेटेर खोलेका हौं ।
राष्ट्रिय स्तरका अरु लघुवित्त त १ अर्व पुगिसके तपाँईहरु कतिन्जेल सानो स्केलमा रहने ?
११ करोडबाट सुरु गरेको हो । सुरुको वर्ष ५ लाख भएको थियो त्यसपछि ५५ लाख भयो । अर्को वर्ष ९० लाखसम्म ग¥यौं । त्यसपछि बजारमा तरलताको संकट पर्न थाल्यो । हामीले डिभिडेन्ट दिएको भनेको आइपिओपछि १० प्रतिसत बोनस हो । त्यसले पुँजी बढ्यो । १ अर्वसम्म कर्जा वितरण गर्न सक्ने क्षमता छ । स्लो ग्रोथ भैरहेकोले राइट सेयर इश्यू गर्ने आवश्यकता भएन । त्यसकारण डिभिडेन्टबाटै माथि उठ्ने हिसावले राइट नदिएको हो । गत वर्ष हामीले ५ प्रतिसतमात्रै क्यास दियौं । पुँजी बढाउन सकेका छैंनौ यो सत्य हो ।
स्थापनाको लामो समयसम्म पनि १५ प्रतिसतभन्दा बढी रिर्टन दिइएको छैन, लगानीकर्ता त मर्कामा परे नि हैन ?
भुकम्पपछि त असर प¥यो । भुकम्पले धेरै मान्छे विस्थापित भए त्यसबेलाका लगानीमा धेरै प्रोभिजन गर्नुपर्ने भयो । पैसा उठ्न सकेन । एक त हाम्रो अपरेसन कष्ट नै बढी हुने । हाम्रंो नाफा गर्ने मन त नभएको होइन । नाफामात्र भन्ने भन्दा पनि एक्सेस पनि हो । राष्ट्र बैंकले पनि वित्तिय एक्सेस बढाउनु भन्छ । त्यस्तो दुर्गम ठाउँमा गएर लगानी गरिसकेपछि त्यहाबाट उत्पादन ल्याउनुप¥यो । देशलाई चाहिने मालसामान सबै इन्डीया र चाइनाबाट ल्याएर बस्नु भएन । हामीले लगानी गरेको ठाउँमा कुनै न कुनै व्यावसाय गरेको हुनुपर्छ । हामीले ऋण संगै तालिम पनि सँगै दिन्छौं । गत आवमा वर्ष १० करोड नाफा हुन्छ जस्तो लाग्छ ।
तपाँई लघुवित्तको सिईओ भएर पनि दर्जनौं संस्थामा आवद्ध हुनुहुन्छ कसरी समय भ्याउनुहुन्छ ?
म पहिला धेरै ठाउँमा इन्भल्भ भिए । अहिले समता फाउण्डेसनको बोर्डमा छु । त्यो संस्था सेवामुलक थिंङक ट्याङक भएको हुनाले ४÷५ महिनामा बोर्ड बस्नेबाहेक अरु काम हुँदैन । यी बाहेक संकल्प, लुमन्ती संस्थाहरुमा थिएँ अहिले छोडीसकेँ । समताको मिटिङ पनि मैले चित्लाङमै बोलाउँछु । एनजिओको जस्तो होइन लघुवित्तको सिईओ भैसकेपछि कडा छ नियम ।
लघुवित्त कम्पनीको पुँजी ५० करोड पु¥याउने चर्चा चलेको ३ वर्ष भयो । के यो संभव छ ?
जस्तो निर्धन छिमेकहरुको आ–आफ्नै पुँजी छ उनिहरुको त ५० करोड नाघिसक्यो । यसमा त मात्रै ९३ जना प्रमोटर त्यो पनि महिला नै छन । सबैले ५÷५ लाख राखेका छन त्यसको ५ गुणा बढाउन संभव नै छैन । त्यस्तोमा अव मर्जमा जानुपर्ने स्थीति हुन्छ त्यसको लागी हामीले अक्वाएर गर्ने संस्था हेर्नुपर्ने भयो । यदी हामी कसैसँग टासिन जाने भएको भए यत्रो दुःख गरेर काम गर्ने नै थिएनौं । हामी मर्जमा जान्छौं तर फिलोसफी र कन्सेप्ट मेटिनु भएन । आफ्नो आइडेन्टिटी मेट्न चाहन्नौ । अहिलेका अर्थमन्त्रीले पनि बेलाबेलामा हाम्रो प्रसंसा गरेर महिलाहरुले गरेको काम साह्रै मनपर्छ भन्नुहुन्छ । हामी क्यास बेनिफिट भन्दा पनि सेवा नपुगेको ठाउँमा जाने प्लान हो ।
लघुवित्त संस्थाले गरिवसँग किन चर्को व्याज लिन्छ ।कम गर्न सकिन्न ?
हावामा चलेको कुरा गर्न मिल्दैन । लघुवित्तले के गर्छ भन्ने नबुझ्नेले हचुवामा भन्ने शब्द हो यो । हामीले ग्रामिण महिलाहरुसँग डिपोजिट लिने १४ प्रतिसतमा लिन्छौं । अहिले त घाटामा चलिरहेको छु, कहिलेकाही त म यो विजनेशमा किन आएछु भन्ने लाग्छ । १४ प्रतिसतमा लिएर १७ प्रतिसतमा लगानी गरेका छौं ।
हामी नपुगेको ठाउँमा गाउँका साहुहरुको राज छ । अहिले गाउँमा चल्ने व्याज ३६ प्रतिसत छ । तर हामीले त्यसको आधाभन्दा कम १७ प्रतिसतमा दिएका छौं । यो रेट त अझै कम हो । हामीले सेवा दिइराखेको ठाउँमा बैंक पुग्नै सक्दैन । हामीले घर आँगनमै गएर सेवा दिन्छौं । अहिले राष्ट्र बैंकले कमसेकम ६ प्रतिसत फरक हुनुपर्छ भनेको छ । हाम्रो २ ओटा साखामा कर्मचारीको तलव १९ हजार छ तर उसको यातायात खर्चचाँही ३० हजार पुग्दो रहेछ । हामीले यातायात सुविधा दिएको ६ हजार । स्टाफहरुले २ दिन बसेर पैसा ल्याएका छन, ६० हजारमात्र । यस्तोमा लघुवित्त सस्थाहरुले कसरी काम गरिरहेका छन, त्यसबारे सोच्नुप¥यो ।
महिला सहयात्राको आगामी योजना के छ ?
महिलाहरुलाई व्यावसायी नै बनाउने भन्ने हो । अहिले महिलाहरु विकृतीमा फसिरहेका छन । हाम्रो रुकुम र रोल्पाजस्तो पिछडिएको जिल्लामा १०÷११ ओटा साखा छ । अव एक सदस्य एउटामात्र संस्थामा बस्न पाउने गरी योजना बनाउँदैछौं । एक महिला ११ ओटा माइक्रो फाइनान्सको सदस्य भएकोसम्म थाहा पाईयो । यसले डुप्लिकेसन बढ्यो । हामी बरु टाढा जान्छौं तर डुव्लिकेसन हुन दिन्नौं । हामी सबै महिलालाई व्यावसायी बनाउने योजनामा छौं । त्यसका लागि तालिम लगायतका कार्यक्रम पनि सग्रै लैजान्छौं ।