Tuesday 11-30, 2021, 5:50 pm
Bittabazar

एनआईसी एशिया बैंकको QR Code Payment सेवा शुरु

२०७५ श्रावण २१

काठमाडौं, साउन २० । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा QR Code मार्फत भुक्तानी आइतबाबाट संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग (MoBank App) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नुहुनेछ । QR Code मार्फत भुक्तानी गर्न मर्चेन्टले MoBank मर्चेन्ट App बाट Request Payment विकल्प प्रयोग गरि QR Code generate गर्ने र ग्राहकले आफ्नो ःMoBank प्रयोग गरि सोहि QR Code मा MOPay विकल्प प्रयोग गरि Scan गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, मर्चेन्टले भुक्तानी काउण्टरमा QR Code भएको Sticker पनि राख्न सक्नेछन्् जसलाई ग्राहकले MOPay विकल्प प्रयोग गरि Scanगरेर भुक्तानी गर्न सकिने छ ।

यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग Smart phone उपलब्ध हुनुपर्ने र Smart phone प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंकको मोबाइल बैंकिङ्ग (MOBank) सेवा न्ययनभि Google Play/App Store अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

बैंकका मुलुकभर २३४ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।