Tuesday 12-07, 2021, 1:38 am
Bittabazar

यसकारण अग्नि बीमा गर्नुस्, धेरै जोखिम घट्छ

२०७५ श्रावण २१

अति आवश्यक छ बीमा सम्बन्धि ज्ञान तर धेरैलाई यसबारे थाहा नै छैन त्यसैले म यहाँहरुलाई बीमा सम्बन्धी केही जानकारीहरु दिन गईरहेको छु । सामान्यतया बीमा दुई प्रकारको हुन्छ, एउटा जीवन बीमा अर्को निर्जीवन बीमा । जीवन बीमा लामो समयका लागी गरिन्छ । यो लामो समयसम्म पोलेसी हो । निर्जीवन बीमा मा चाँही बिशेषगरी धर जग्गा, सम्पत्ति, गाडीहरुको बीमा गरिन्छ । यस अन्तरर्गत पनि धेरै प्रकारका बीमाहरु पर्छन् । हामी हवाई बीमा, सवारी साधनहरुको बीमा गर्छौ यो किन गरिन्छ भने दुर्घटना भनेको कहिले हुन्छ कसैलाई थाहा हुदैन । त्यसकारण दुर्घटनाबाट भएको क्षतीलाई पुर्ति गर्नका लागी बीमा गरिन्छ । जसले गर्दा पहिलाकै अवस्थामा आर्थिक रुपमा आफूलाई ल्याएर व्यापार व्यवसाय अगाडी बढाउन सकिन्छ ।

नेपालमा पाँच प्रकारका निर्जीवन बीमा पोलेसीहरु रहेकाछन् । अग्नि बीमा, सवारीसाधन बीमा, मेरीन (आयात/निर्यात) सम्बन्धि बीमा, इन्जुरिंग (साधन स्रोत सम्बन्धि) बीमा र बिबिध बीमा । स्कुल, कलेज, पुल लगायतका भौतिक पुर्बाधार निर्माणमा ठेकदारको सुरक्षार्थ गरिने बीमा पनि यहि समूह अन्तर्गत पर्छ । यस बाहेक हवाई बीमा पनि छ ।

नेपालमा हाल १७ वटा इन्स्योरेन्स कम्पनीहरु सक्रिय छन् । ती मध्ये धेरैजसोले जिल्ला–जिल्लामा शाखा बिस्तार गरेका छन् । आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्स गराउन मार्केटीङका साथीहरुले घरघरमा गएर सेवा पुर्याउने गरेका छन् । तपाई स्वयंम कार्यलयमा आएर पनी बीमा गर्न सक्नुहुन्छ । बीमा एउटा करार हो । सो करारलाई यहाँहरुले स्वीकार गर्नपर्ने हुन्छ । हामीले दिएको फारमलाई आफ्नो पूर्ण विवरण सहित भर्नपर्ने हुन्छ । बीमा गर्दा कुन–कुन सम्पत्तिको बीमा गर्ने हो त्यस बिषयमा प्रष्ट हुनुपर्छ । यो अनुसार हामी रकम कसरी दिने भन्ने निर्णय गर्छौ । जसबाट सेवा सुविधाको लाभ उठाउन सकिन्छ । केही दुर्घटना भईहाले पनि यसको क्षतिपूर्ति गर्न सकिन्छ । बीमाको मुख्य उदेश्य भनेको नै यही हो ।